सप्तरीबाट लागूऔषधसहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

सप्तरीबाट लागूऔषधसहित एक जना पक्राउ

सुमन रायमाझी,
सप्तरी । सप्तरी सुरुङ्गा नगरपालीकामा गत शनिबार साझ लागु औषध सहित एज जना पक्राउ परेको छ । पक्राउ पर्नेमा सप्तरी अग्नीसाईर कृष्ण सबरण नगरपालीकामा ५ जन्डौल टोलका १९ वर्षिय मो.सदर रहेका छन् ।

गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कडरबोनाको प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ना १ ज ७७१२ नंम्बरको बिङ्गर गाडी चेक जाँच गर्ने क्रममा चालक भन्दा बाँया पटीको सिटमा बसेको मो.सदरले बोकेको झोलाबाट नाईट्राभेट १० ट्याब्लेट पत्तामा जम्मा ३०० पिस, फेनेर्गन ३८ एम्पुल, नूफिन ३८ एम्पुल र डाइज़ेलब ३८ एम्पुल गरी जम्मा ११४ एम्पुल लागूऔषध फेला परेको थियो।

बरामद गरिएको लागूऔषधसहित सदरलाई नियन्त्रणमा लिई लागूऔषध मुद्धामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);