सवारी दुर्घटनामा सुन्दरपुर गाविसका पुर्व अध्यक्ष दाहालको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सवारी दुर्घटनामा सुन्दरपुर गाविसका पुर्व अध्यक्ष दाहालको निधन

बेलबारी, २६ असाेज । मोरङको सुन्दरहरैंचा साविकको सुन्दरपुर गाविसका पुर्व अध्यक्ष कृष्ण दाहालको सवारी दुर्घटनामा परि निधन भएको छ । आइतबार अपरान्ह ४ बजेतिर इटहरी विराटनगर सडकको सोनापुर खण्डमा दाहाल सवार को १७ प ६९८१ नम्बरको मोटरसाइकललाई नेपाल आयल निगमको मे १ ख २४९८ नम्बरको ट्यांकरले ठक्कर दिंदा दाहालको घटनास्थलमै ज्यान भएको सुनसरी प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुन्दरहैंचा ६ स्थित सुन्दरपुर वचत तथा ऋण सहकारी संस्थाका उनि अध्यक्ष समेत हुन । उनकै नेतृत्वमा १८ वटा सहरीहरुलाई महर्ज गर्ने तयारी गरीएको थियो । १८ वटै सहकारीलाई मर्च गरेर कनक लक्ष्मी बचत तथा ऋण सहकारी संस्था बनाउने तयारी भएको थियो स्थानिय अगुवा युवा सन्तोष घिमिरेल भने साविकको सुन्दरपुरमा गाविसमा उहाँले नेतृत्व नगरेका कुनै संस्था थिएन्न ।

सुन्दरहरैंचा ५ बाँसबारीमा बसोबास गर्दै आएका दाहाल सप्तकोशी मिडिया प्रालि इटहरीका संचालक, पूर्ब अध्यक्ष तथा पूर्ब प्रबन्ध निर्देशक समेत थिए । साथै उनी फेकोफन मोरङको पूर्वसल्लाहकार थिए ।उनको निधनले सुन्दरहरैचा नगरपालिकालाईनै क्षती पुगेको सुन्दरहरैचा नगरपालिकाकी उपमेयर धना तामाङले बताइन । सुन्दरहरैचा यति बेला शोकमा डुवेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);