थप ५५४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ हजार नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

थप ५५४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ हजार नाघ्यो

coronavirus test

काठमाडौं, १३ असार । नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार १ सय २० महिला र ४ सय ३४ पुरुष गरी ५ सय ५४ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ ।

त्यस्तै नेपालमा कोरोना भाइसको संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । शनिबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको हो । डा. गौतमका अनुसार कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षिय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

शनिबारसम्ममा कोरोना भाइरसको संक्रमण नेपालका सबै ७७ वटै जिल्लामा फैलिएको प्रवक्ता गौतमले बताउनुभयो । शनिबारसम्म पीपीआर विधिबाट २ लाख १० हजार ८ सय ७६ जनाको परीक्षण भएको छ ।

यस्तै आरडिटी विधिबाट २ लाख ९४ हजार ३४ जनाको कोरोना परीक्षण भएको छ । अहिले क्वारेन्टिनमा ६५ हजार ७ सय १२ जना रहेका छन् । यस्तै ९ हजार ४ सय ४७ जना आइसोलेसनमा उपचाररत रहेका छन् । शनिबार १ सय ३६ गरी आजसम्म २ हजार ८ सय ३४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);