थप ३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि, कोरोना संक्रमितको संख्या ५७ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

थप ३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि, कोरोना संक्रमितको संख्या ५७ पुग्यो

काठमाडौं, १७ वैशाख | बुधवार थप ३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि,यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुग्यो । बुधबार थप ३ जनामा कोरोना भाइरसको संक्रमण भेटिएसंगै संक्रमितको संख्या ५७ पुगेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराका २ र पर्साका १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

नारायणी अस्पतालमा उपचाररत रहेका संक्रमित व्यक्तिहरुसँगै भारतको दिल्लीबाट आएका ३१, ४३ र ४६ वर्षिय पुरुषहरुमा कोरोना देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।उनीहरुको बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाव परीक्षण गरिएको थियो । अहिले विराटनगरमा ३१, वीरगञ्जमा ८ तथा धनगढी र भरतपुरमा १—१ जना उपचाररत रहेको प्रवक्ता देवकोटाले बताउनुभयो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । १६ जना संक्रमित व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म देशभरी पिसिआर,स्वाव परीक्षण विधिबाट ११ हजार ५ सय २४ जनाको नमुना परीक्षण गरिएको छ ।आरडिटी,रयापिड डाइगोनोष्टिक विधिबाट ४५ हजार ६ सय ६५ वटा नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

देशैभरी गरेर २२ हजार ९ सय १ जना क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा बढी प्रदेश नम्बर ५ मा १२ हजार ५ सय १५ जना क्वारेन्टाइनमा रहेका छन् । काठमाडौं उपत्यकामा ४ र बाहिर ८३ गरी ८७ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);