कञ्चनपुर शुक्लाफाँटा नगरमा राहतमा विभेद भएको भन्दै स्थानीयको विरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कञ्चनपुर शुक्लाफाँटा नगरमा राहतमा विभेद भएको भन्दै स्थानीयको विरोध

काठमाडौं, १७ वैशाख | कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ को वडा कार्यालयमा राहत वितरणको विषयलाई लिएर विवाद भएको छ । विवाद भएपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी र नगरपालिकाको कार्यालय घेराउ गरेका छन् । शुक्लाफाँटा नगरपालिका ५ गर्जमुनीका स्थानीयले राहत वितरणमा जनप्रतिनिधिले विभेद गरेको भन्दै बुधबार स्थानीयले वडा कार्यालयमा तालाबन्दी र नगरपालिका घेराउ गरेका हुन् ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ वडा कार्यालयले राहत वितरणमा विभेद गरेको भन्दै स्थानीयले विरोध गरेका छन् । वडा कार्यालयले आफन्त र धनीवर्गलाई राहत दिएको तर, गरिब विपन्न र मजदुरले राहत नपाएको भन्दै स्थानीयले वडा कार्यालयमा तालाबन्दीसंगै नगरपालिकाको कार्यालय पनि घेराउ गरेका छन् ।

राहतकै विषयलाई लिएर लकडाउन उलङघन गर्दै केही राजनीतिक दलका कार्यकर्ताले राजमार्गमा नाराबाजी समेत गरेका थिए । शुक्लाफाँटा नगरपालिका ५ का वडा विरुद्ध नाराबाजी गर्नु प्रतिशोध मात्रै भएको छ वडाध्यक्ष कमल गिरीले बताउनु भएको छ ।
यता शुक्लाफांटा नगरपालिकाकाले पनि राहत तिरण मापदण्ड अनुसार भएको र आगामी दिनहरुमा पनि मापदण्ड अुनसार हुने बताएको छ । राहतमा कुनैपनि विभेद नभएको नगरप्रमुख दिलबहादुर ऐरले बताउनु भयो ।

लकडाउनका कारण सबैतिर ठप्प छ । यस्तो अवस्थामा विपन्न वर्ग प्रभावित भएका छन् । यस्तो विपत्तिमा सबैले संयमता र पारदर्शीताको माध्यमबाट राहत वितरणलाई व्यवस्थित बनाउनुको विकल्प छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);