लकडाउनको आज ३८ औं दिन, अनुमती विनाका सवारी साधन कारवाहीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

लकडाउनको आज ३८ औं दिन, अनुमती विनाका सवारी साधन कारवाहीमा

ktm

काठमाडौं, १८ वैशाख । सरकारले घोषणा गरेको लक डाउनको बिहीबार ३८ औं दिन पनि काठमाडौं उपत्यका सहित देशैभरका शहर बजार सुनसान रहेका छन् ।

कोरोना भाइरस महामारी रोकथामका लागि सरकारले चैत ११ गते देखि देशमा लकडाउन लागू गरेको हो । सरकारले पछिल्लो पटक १० दिन समय थप गरी वैशाख २५ गते सम्म लकडाउन लम्ब्याएपछि काठमाडौं उपत्यकामा लकडाउन उल्लङ्घन गर्नेहरु बढेका छन् । बुधवार सडक पेटीमा मानिसहरुको आवागमन फाट्टफुट देखिएका छन् । सडकमा गुड्ने सवारी साधनहरु पनि केही बढेका छन् । तर प्रहरीले चोकचोकमा बसेर सवारी साधनको चेकजाँचलाई कडाई पारेको छ ।

प्रहरीले लकडाउनमा बिना पास संचालन भएका सवारीसाधनलाई कारबाही गरेको थियो । आजपनि सडकमा सवारी साधनहरु बढी देखिएपछि प्रहरीले कडाई गर्दै परिचयपत्र हेरेर कारबाही गरिरहेको छ । अत्यावश्यक सेवाका सवारीसाधनहरु सञ्चालनमा कुनै रोक लगाइएको छैन भने खाद्य वस्तु ढुवानीका साधनहरु पनि सञ्चालनमा रहेका छन् । लक डाउनले दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई समस्या भएको छ ।

यसैगरी, काठमाडौं उपत्यका बाहिर पनि लकडाउनको कडाइका साथ पालना गरिएको छ । ७७ वटै जिल्ला र सातै प्रदेशका शहर बजार सुनसान छन् । जारी लकडाउनमा राजमार्गमा पनि अत्यावश्यक बाहेकका सवारी साधन चलेका छैनन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);