धानजोनको कार्यालय र शुक्लाफाँटा सहकारीमा तालाबन्दी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

धानजोनको कार्यालय र शुक्लाफाँटा सहकारीमा तालाबन्दी

कन्चनपुर, १० जेठ । कन्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर २ र १९ का कृषकहरुले धानजोन संञ्चालक समितिको कार्यालय र शुक्लाफाँटा कृषि सहकारी संस्था लिमिटेडमा तालाबन्दी गरेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत धान जोन कार्यक्रममा उपलब्ध भएको ट्याक्टर वितरणमा अनियमितता भएको भन्दै कृषकहरुले तालाबानदी गरेका हुन् । आफु निकटका कृषकलाई मात्र ट्याक्टर उपलब्ध गराएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

धान जोन संञ्चालक समितिले नियम संगत नै कृषकहरुलाई ट्याक्टर वितरण गरिएको दावी गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाले ट्याक्टर वितरणमा अनियमितता भए नभएको छानबिन हुने प्रतिक्रिया दिएको छ । कृषकहरुले अनियमितता गर्नेहरुलाई कारबाही नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);