डडेल्धुरामा आधुनिक कृषि औजारको प्रयोग बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

डडेल्धुरामा आधुनिक कृषि औजारको प्रयोग बढ्दै

विमल जैरु

डडेल्धुरा, २२ वैशाख । पछिल्लो समय डडेल्धुरामा आधुनिक कृषि औजारको प्रयोग बढ्दै गएको छ । परम्परागत रुपमा खेति गरिरहेका कृषहरुलाई आधुनिक कृषि औजारको प्रयोगले सहज बनाएको छ ।

परम्परागत रुपमा खेति गरिरहेका डडेल्धुराका कृषक अहिले खेत जोत्ने देखि अन्नबालि भित्राउनसमेत आधुनिक कृषि औजार प्रयोग गर्छन ।

ट्याक्टर, थ्रेसर जस्ता कृषि उपकरण प्रयोग गर्दा थोरै समयमा पनि धेरै काम गर्न सकिने उनीहरुको भनाइ छ । जिल्ला स्थित सरकारी तथा गैर सरकारी संस्थाले कृषि औजार खरिदका लागि कृषकहरुलाई अनुदानसमेत दिनेगरेको छ ।

जिल्लाको भित्रि मधेश क्षेत्रमा ठूला औजारको प्रयोग भइरहेको भने पहाडी क्षेत्रमा पनि साना आधुनिक कृषि औजारको प्रयोग गर्ने क्रम बढेको छ ।

कृषकहरुले समुह नै बनाएर आधुनिक कृषि औजार खरिद गर्ने गरेका छन् । कृषि औजारको प्रयोगले खेति गर्न सहज भएको उनीहरुको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);