वीरगंजस्थित कृषि औजार कारखाना सञ्चालन गर्ने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

वीरगंजस्थित कृषि औजार कारखाना सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं, १९ माघ । सरकारले पर्साको वीरगंजस्थित कृषि औजार कारखानालाई सञ्चालन गर्ने तयारी गरेको छ । लामो समय देखि बन्द रहेको कारखानाको स्थलगत अध्ययन पछि कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले अध्ययन प्रतिवेदनका आधारमा मोडालिटी परिवर्तन गरेर उद्योग संञ्चालन गरिने बताए ।

मन्त्रालयले उद्योगको वर्तमान अवस्था, कृषि औजारको बजार र उद्योगमा रहेका सामाग्रीको अवस्था अध्ययन गर्नका टोली गठन गरेको भन्दै उनले सो अध्ययन टोलीको प्रारम्भीक प्रतिवेदनका आधारमा उद्योग संञ्चालनको मोडालिटी तयार गरिने बताए ।

अत्यन्तै प्रतिस्पर्धी बजार भएकाले अहिलेकै अवस्थामा कृषि औजारको बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था नभए ट्रष्टको रुपमा ल्याएर सम्पत्ति मुल्यांकन गरि नयाँ ढंगले उद्योग सञ्चालन गरिने उनले स्पष्ट पारे ।

आर्थिक बर्ष २०७५/७६ को बजेटमा कृषि औजार कारखाना स्थापना गरिने उल्लेख छ । २०२४ सालमा रुसको प्राविधिक र आर्थिक सहयोगमा नेपाल सरकारको संयुक्त लगानीमा स्थापना भएको कृषि औजार कारखाना पछिल्लो समय नोक्सानीमा गएपछि २०५४ सालमा सरकारको निजीकरण योजना अन्र्तगत राखि निजी क्षेत्रलाई संचालनको जिम्मेवारी सुम्पिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);