बैंकको बढ्दो व्याज र चर्को विद्युत महशुलका कारण उद्योगी मारमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बैंकको बढ्दो व्याज र चर्को विद्युत महशुलका कारण उद्योगी मारमा

अनुप तिवारी
वीरगन्ज, १९ माघ । मुलुकको प्रमुख आर्थिक क्षेत्र बारा पर्सा औद्योगिक करिडोरका उद्योगी व्यवसायीहरु अहिले वाणिज्य बैंकहरुको बढ्दो व्याज, तथा विद्युत प्राधिकरणको चर्को विद्युत महशुलका कारण मारमा परेका छन् ।

यस भेगका उद्योगी व्यवसायीहरुले सरकारले बैकिङ प्रणाली तथा विद्युतीय व्यवस्थामा सुधार नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

संघले शनिवार पत्रकार सम्मेलन गरि उद्योगी व्यवसायीहरुको समस्याप्रति सरकार जिम्मेवार हुन आग्रह समेत गरेको छ । नयाँ लगानी थपिनु पर्ने अवस्थामा भएको लगानी पनि संरक्षित हुन नसक्ने स्थिति सृजना भएपछि उद्योग व्यवसायीहरु त्रसित छन् ।

वर्तमान सरकारले समृद्धीको नारा दिएपनि बैंकिङ्ग प्रणलीमा अस्वाभाविक व्याजदर तथा चर्को बिद्युत महशुलले व्यवसायिक वातावरण खलवलिएको व्यापारीको गुनासो छ ।

केहि दिन आगाडी बारा पर्सा औद्योगिक क्षेत्रमा जडान गरिएको औद्योगिक फिडर लाइनमा ७५ प्रतिशतसम्म विद्युत महसुलमा वृद्धि गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);