चर्को भन्सार महशुलका कारण उद्योग, व्यवसाय फष्टाउन सकेन : व्यवसायी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

चर्को भन्सार महशुलका कारण उद्योग, व्यवसाय फष्टाउन सकेन : व्यवसायी

काठमाडौं, ११ माघ । उद्योगी, व्यवसायीहरुले चर्को भन्सार महशुलका कारण मुलुकको उद्योग, व्यवसाय फष्टाउन नसकेको गुनासो गरेका छन् । उद्योगी, व्यवसायीहरुले पूर्वाधारको विकास हुन नसक्दा नेपालका बस्तुले अन्तराष्ट्रिय बजारमा प्रवेश पाउन नसकेको जनाएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भन्सारमा ल्यावको समेत व्यवस्था नहुँदा नेपाली बस्तुले अन्तराष्ट्रिय बजारमा प्रवेश पाउन नसकेको दृष्टान्त पेश गरे ।

उनले आर्थिक वृद्धिदर हासिक गर्नेगरी पूर्वाधारको विकास गर्न सरकार तयार नदेखिएको आरोप लगाए । भन्सार दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले निजी क्षेत्रबाट मात्रै मुलुकको आर्थिक वृद्धिदर बढाउन सकिन्छ भन्ने सोचलाई आत्मासात गरेर अघि बढन सरकारको ध्यानाकर्षण गराए ।

कार्यक्रममा बोल्दै नेपाल चम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले सरकारले उद्योगी, व्यवसायीमाथि चर्काे भन्सार महशुल असुल गरेर मुलुकको उद्योग व्यवसायलाई फष्टाउन नदिएको आरोप लगाए । उनले भन्सार प्रशासनले स्वदेशी उद्योगी, व्यवसायीलाई चोर, डाका सरह व्यवहार गर्ने गरेको भन्दै आपत्ति प्रकट गरे ।

उपाध्यक्ष अग्रवालले मुलुकमा आर्थिक वृद्धिदर बढाउने हो भने सहज ढंगले व्यवसाय संचालन हुने वातावरण बनाउन सरकारले ढिलाई गर्न नहुनेमा जोड दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);