२१६ मेघावाटको माथिल्लो त्रिशुली-१ को पीपीए गर्ने प्राधिकरणकाे निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

२१६ मेघावाटको माथिल्लो त्रिशुली-१ को पीपीए गर्ने प्राधिकरणकाे निर्णय

kulman

काठमाडौं, ११ माघ । नेपाल विद्युत प्राधिकरणले २ सय १६ मेघावाटको माथिल्लो त्रिशुली– १ जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) गर्ने निर्णय गरेको छ ।

प्राधिकरणले आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलप्मेन्ट कम्पनी प्रालिसँग माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनाको पीपीए गर्ने निर्णय गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा मन्त्रालयको सिफारिसको आधारमा प्राधिकरणले कार्यान्वयनमा ल्याएको निर्देशिकामा भएको व्यवस्था अनुसार सो आयोजनाको पीपीए गर्न लागिएको बताए । बिहीबार पत्रकार सम्मेलन गरी उनले कम्पनीले परफरमेन्स ग्यारेन्टीबापत २१ करोड ६० लाख बुझाएपछि मात्रै पीपीएमा हस्ताक्षर हुने बताए ।

माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनामा कोरियन कम्पनीहरु, विश्व बैंक समूह अन्तरगतको अन्तराष्ट्रिय वित्त निगम र नेपाली लगानीकर्ताको लगानी रहनेछ ।

प्राधिकरणले यो आयोजना अधिकतम १० वर्ष भित्र विद्युत उत्पादन गरी सक्ने गरी पीपीए गर्न लागिएको पनि स्पष्ट पारेको छ । कार्यकारी निर्देशक घिसिङले स्वदेशी पूँजीको न्यूनतम अंश २० प्रतिशत हुने व्यवस्था गरेको र सोही अनुसार त्रिशुली १ विद्युत आयोजना पनि अघि बढने स्पष्ट पारे ।

प्राधिकरणले आयोजनासँग डलरमा पीपीए गर्दा विदेशी मुद्रा विनिमय जोखिम व्यहोर्न एक कोष समेत स्थापना गर्ने तयारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्राधिकरणको वित्तिय स्वास्थ्यमा असर पार्न नदिन सचेत हुने योजना अघि सारेका छन् ।

प्राधिकरणले यस अघि ६० मेघावाटको खिम्ती जलविद्युत आयोजना, ४५ मेघावाटको माथिल्लो भोटेकोशी, ८२ मेघावाटको तल्लो सोलु, ५० मेघावाटको माथिल्लो मस्र्याङदी ए, ३७ मेघावाटको कोबेली ए, १ सय २० मेघावाटको रसुवा–भोटेकोशी जलविद्युत आयोजनाहरुका लागि अमेरिकी डलरमा भुक्तानी गर्नेगरी पीपीए गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);