विद्युत प्राधिकरणले गर्यो माथिल्लो त्रिशुली थ्री बी आयोजनाको ठेक्का रद्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

विद्युत प्राधिकरणले गर्यो माथिल्लो त्रिशुली थ्री बी आयोजनाको ठेक्का रद्द

Nepal Electricity Authority

काठमाडौं, ३ पुस । नेपाल विद्युत प्राधिकरणले ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री बी जलविद्युत आयोजनाको निर्माणकर्तासँग ठेक्का तोडेको छ । आयोजना निर्माणमा चरम ढिलाइ र लापरवाही गरेको भन्दै प्राधिकरणको सहायक कम्पनी माथिल्लो त्रिशुली थ्री बी जलविद्युत कम्पनीले चिनियाँ कम्पनी सुइफा एएनएचई ग्रुपसँगको ठेक्का सम्झौता तोडेको हो ।

रसुवा र नुवाकोटमा निर्माणाधीन उक्त आयोजनाको करिब ६६ प्रतिशत काम सकिएको छ । तर पछिल्लो समय काम ठप्प छ । इन्जिनियरिङ, खरिद तथा निर्माण ईपीसी मोडेलमा आयोजना निर्माणको जिम्मा लिएको सुइफा ग्रुपले १ वर्षदेखि प्रगति देखिने गरी काम नै नगरेको बताइएको छ । ठेक्का तोडेर बैंक ग्यारेन्टी र पर्फर्मेन्स ग्यारेन्टी समेत जफत गरिएको प्राधिकरणले जनाएको छ । बाँकी काम गर्न पुसभित्रै अर्को ठेक्का लगाउन सूचना प्रकाशित गरिने प्रधिकरणले जनाएको छ । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत बनिरहेको आयोजनाको प्रवर्द्धक कम्पनीमा १ लाख ५४ हजार ५ सय ५९ जना सर्वसाधारणको सेयर छ । चिनियाँ कम्पनीसँग २९ माघ २०७४ मा ३ करोड १८ लाख ४७ हजार अमेरिकी डलर र १ अर्ब ९१ करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत आयोजनाको क्यास्केड भएकाले त्रिशुली थ्री बीमा बाँध, बालुवा थिग्रयाउने पोखरी डिसेन्डर लगायतका संरचना बनाउनुपर्ने छैन । आयोजनाको प्रवर्द्धक त्रिशुली जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०÷३० प्रतिशत संस्थापक सेयर छ ।

कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५, रसुवा तथा नुवाकोटबासीको १०, सर्वसाधारणको १५ र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर छ । आयोजनाको अनुमानित लागत ७ अर्ब ४४ करोड र निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ रहेको छ । आयोजनाको विद्युत गृहबाट करिब ३ किलोमिटर प्रसारण लाइनमार्फत त्रिशुली थ्री बी हब सबस्टेसनमा पु¥याएर राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गर्ने योजना छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);