मुलुकको आर्थिक अवस्था अत्यन्तै निराशाजनक : महत | ईमाउण्टेन समाचार

Our Network

साउन १० २०८१, बिहीबार

मुलुकको आर्थिक अवस्था अत्यन्तै निराशाजनक : महत

काठमाडौं, १९ माघ । पूर्वअर्थमन्त्री डाक्टर रामशरण महतले मुलुकको आर्थिक अवस्था अत्यन्तै निराशाजनक स्थितीमा पुगेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री महतले समग्र आर्थिक विकासका सुचकांकहरु गिर्दो अवस्थामा रहेकाले निरासा बढाएको उनको ठम्याइ छ ।

उनले मुलुकमा शुसासन कायम हुन नसक्दा भ्रष्टाचार बढ्दै जानु, अन्तरदेशीय व्यापारमा कमि आउनु र स्वदेशी लगानीकर्ता नै आश्वस्त हुन नसक्नु दुखद भएको टिप्पणी गरे ।

नेता महतले समग्र आर्थिक विकासका सुचकांक नहेरी लगानी आकर्षण नहुने भन्दै लगानी सम्मेलनको प्रचार मात्रै गरेर बैदेशिक लगानी भित्र्याउन नसकिने दाबी गरे ।

डाक्टर महतले केन्द्र सरकार देखि प्रदेश र स्थानीय सरकारका खर्च उत्पादनमुखी नभई विलासिताका बस्तु खरिदमा केन्द्रीत हुनुले राम्रो संन्देश नदिएको टिप्पणी गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);