नेपालको लागि संघीयता चुनौतिपूर्ण : महत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

नेपालको लागि संघीयता चुनौतिपूर्ण : महत

काठमाडौं, २७ वैशाख । नेपाली काँग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपालको लागि संघीयता चुनौतिपूर्ण भएको बताएका छन् । बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

राजनीतिक अस्थिरताका कारण विगतमा नेपाल आर्थिक विकासको बाटोमा अघि बढ्न नसकेको उनले बताए । नेता महतले विनाशकारी भूकम्प र भारतले लगाएको नाकाबन्दीले पनि नेपालको आर्थिक विकासलाई अघि बढाउन चुनौति थपि दिएको बताएका छन् । उनले युवा जनशक्तिको विदेश पलायन पनि मुलुकको आर्थिक विकासको बाधाको रुपमा रहेको उल्लेख गरे ।

बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको लागि संघीयता चुनौतिपूर्ण भएको बताए । नेता महतले पूँजी परिचालनको माध्यामबाट नेपाललाई समृद्ध बनाउनुपर्नेमा जोड दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);