'मोदीको नागरिक अभिनन्दन प्रदेश सरकारको चाहना अनुसार' | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

‘मोदीको नागरिक अभिनन्दन प्रदेश सरकारको चाहना अनुसार’

काठमाडौंमा हुने अभिनन्दन विगतकै परम्पराको निरन्तरता-

काठमाडौं, २७ वैशाख । सत्तारुढ नेकपा एमालेका नेता एवम् परराष्ट्रवीद् डा.राजन भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा हुने नागरिक अभिनन्दन स्थानीय र प्रदेश सरकारको चाहना अनुसार भएको स्पष्ट पारेका छन् ।

नेता भट्टराईले मोदीको काठमाडौंमा हुने अभिनन्दन विगतकै परम्पराको निरन्तरता भएको स्मरण गराए । नाकाबन्दी लगाएर नेपालमा मानवीय संकट निम्त्याउन चाहेका भारतीय प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गर्न नहुने तर्कले स्थान पाईरहेका बेला सत्तारुढ प्रमुख दल एमालेका नेता भट्टराईले स्थानीय र प्रदेश सरकारको चाहना अनुसार नागरिक अभिनन्दनको कार्यक्रम राखिएको स्पष्टिकरण दिएका हुन् ।

बिहिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले राजधानी काठमाडौंमा भारतका तत्कालीन प्रधानमन्त्री अटल विहारी बाजपेयी र जवाहरलाल नेहरुलाई पनि नागरिक अभिनन्दन गरिएको स्मरण गराए ।

नेता भट्टराईले मोदीको नागरिक अभिनन्दनको विषयलाई राजनीतिक रुप दिएर अनावश्यक विवादमा ल्याउने काम गर्न खोजिएको आरोप लगाए ।

नेता भट्टराईले भारतीय प्रधानमन्त्री मोदीको जनकपुरबाट हुने भ्रमणलाई पनि स्वभाविकै रुपमा लिन आग्रह गरे । उनले विश्वका विभिन्न मुलुकमा एक सहरबाट अर्को सहरसम्म भ्रमण गरेर सरकार प्रमुखहरुबीच अनौपचारिक भेटवार्ता समेत हुने गरेकाले मोदीको जनकपुरबाट हुने भ्रमणलाई अन्यथा लिन नहुने बताए ।

नेता भट्टराईले केपी ओली नेतृत्वको सरकार बन्नु अघि नै जनकपुर र मुक्तिनाथ जाने भारतीय प्रधानमन्त्री मोदीको चाहना अनुसार मोदीको राजधानी बाहिरको भ्रमण कार्यतालिका पनि तय गर्नु परेको बताए । भारतीय प्रधानमन्त्री मोदीकोे शुक्रबार जनकपुरबाट नेपालको राजकीय भ्रमण हुँदैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);