'सीमा विवाद, तराई डुबान र सीमा सुरक्षाका बारेमा छलफल गर्न सुझाव' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘सीमा विवाद, तराई डुबान र सीमा सुरक्षाका बारेमा छलफल गर्न सुझाव’

samghiya samsadh

काठमाडौं, २७ बैशाख । सांसदहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सीमा विवाद, सीमा सुरक्षा, तराई÷मधेसको डुबान लगायतका विषयमा छलफल गर्न सरकारलाई सुझाव दिएका छन । बिहिबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरुले दुईपक्षीय हितका सवालमा भारतीय पक्षंसँग जोडदार रुपमा आफ्ना कुरा राख्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद लिलानाथ श्रेष्ठले तराई मधेसमा बर्षातको समयमा डुबान हुने भन्दै नदी नियन्त्रणको लागि सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले सुनकोशी कमला डायभर्सनका लागि बजेट विनियोजन गर्न माग गरे ।

सांसद सञ्जयकुमार गौतमले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा विगतका सन्धि सम्झौता कार्यान्वयनबारे छलफल गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद अमरेशकुमार सिंहले बागमतीमा आउने बाढिका कारण हुने क्षति न्यूनिकरणका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणको काम गर्न सरकारसँग माग गरे । उनले हुलाकी सडक मार्ग निर्माणको काममा ढिलाई नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

त्यस्तै सांसद कृष्णभक्त पोखरेलले चितवनमा असिनाले केरा बाली नष्ट गराएकाले तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);