प्रदेश–२ का मुख्यमन्त्री राउतसँग स्पष्टीकरण सोध्न सांसदको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रदेश–२ का मुख्यमन्त्री राउतसँग स्पष्टीकरण सोध्न सांसदको माग

lalbabu raut

काठमाडौं, २ जेठ । सत्तारुढ दलका सांसदहरुले प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतलाई स्पष्टीकरण सोध्न माग गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा सत्तारुढ दलका सांसदहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुुरमा नागरिक अभिनन्दन गर्ने क्रममा मुख्य मन्त्री राउतले दिएको अभिव्यक्तिलाई लिएर स्पष्टीकरण सोध्न सरकारसँग माग गरेका हुन् ।

सांसद छक्कबहादुर लामाले हुम्लामा तत्काल सडक सुविधा पु-याउन सरकारको ध्यानाकर्षण गराए । साथै उनले सार्वजनिक सुरक्षा ऐनको शिकार तल्लो बर्गका मात्रै परेको भन्दै ऐन नै खारेज गर्न माग गरे ।

सांसद दुर्गा पौडेलले प्युठान जिल्लास्थित ओखरकोटबाट २ बर्ष अघि राजदण्ड चोरी भएको भन्दै ऐतिहासिक राजदण्डको तत्काल खोजी सुरु गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद इन्दु कुमारी शर्माले चुरे संरक्षणका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराइन् ।

बैठकमा सरकारले सार्वजनिक सुरक्षा तेश्रो संसोधन विधेयक २०७५ प्रस्तुत गरेको छ । गृहमन्त्रीकोतर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले विधेयक पेस गरेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);