डुबान र सीमा समस्या समाधानबारे छलफल गर्न ओलीलाई विज्ञको सुझाब | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

डुबान र सीमा समस्या समाधानबारे छलफल गर्न ओलीलाई विज्ञको सुझाब

oli modi

काठमाडौं, २५ बैशाख । राजनीतिक दलका नेता तथा परराष्ट्रविद्हरुले डुबान र सीमा समस्या समाधानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन ।

प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीको नेपाल भ्रमणमा उठाउने एजेन्डाका विषयमा छलफल गर्न बोलाएको बैठकमा राजनीतिक दलका नेताहरुले तत्काल समाधान हुनेगरी डुवान र सीमाका विषयमा कुरा उठाउन सुझाव दिएका हुन् ।

त्यस क्रममा परराष्ट्रविद्हरुले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन प्रधानमन्त्री मोदीको नेपाल भ्रमण सफल हुने विश्वास व्यक्त गरेका थिए ।डुबान र सीमालगायतका समस्या तत्काल सम्बोधन हुने गरी भारतीय प्रधानमन्त्री मोदीसँग छलफल गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिइएको नेपाल–भारत प्रवुद्ध समूहका सदस्य एवम् एमाले नेता डा. राजन भट्टराईले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा भईरहेको तयारीबारे पनि जानकारी गराएका थिए । बैठकमा एमाले उपाध्यक्ष बामदेव गौतम, नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुर र संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ तथा नेपाल भारत प्रबुद्ध समुहका संयोजक डा. भेषबहादुर थापालगायतको उपस्थिति रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);