प्रधानमन्त्री ओलीलाई भूउपयोग सम्बन्धी नीति बनाउन सुझाव | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रधानमन्त्री ओलीलाई भूउपयोग सम्बन्धी नीति बनाउन सुझाव

pm-oli-expm meet

काठमाडौं, २५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमबारे परामर्श गरेका छन् । सरकारले जेठको पहिलो साता नीति तथा कार्यक्रम ल्याउने तयारी गरेका कारण प्रधानमन्त्री ओलीले कार्यक्रमबारे परामर्श सुरु गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आज पूर्वप्रधानमन्त्रीहरुसँग सरकारको नीति तथा कार्यक्रमबारे छलफल गरेका छन् । छलफलमा प्रधानमन्त्री ओलीले अव्यबस्थित बसोबास विकासको बाधक भएकोले त्यसलाई व्यबस्थित गर्न बस्तीहरु हस्तान्तरण गर्नु पर्ने प्रस्ताव गरेका थिए । पूर्वप्रधानमन्त्रीहरुले भने भूउपयोग सम्बन्धि नीति पनि बनाउन सुझाव दिएका थिए ।

बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पुष्पकमल दाहाल, शेरबहादुर देउवा, डाक्टर बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलाराज रेग्मीको सहभागिता थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);