हावाहुरी पीडितलाई तत्काल राहत उपलब्ध गराउन सांसदको माग | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

हावाहुरी पीडितलाई तत्काल राहत उपलब्ध गराउन सांसदको माग

sadan

काठमाडौं, २६ वैशाख । सांंसदहरुले तराईमा हावाहुरीबाट पीडित जनताका लागि तत्काल राहत तथा उद्धारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरुले हावाहुरीबाट प्रभावितका लागि तत्काल राहत र उद्धारको व्यवस्था गर्न माग गरेका हुन् ।

सांसद राजकिशोर यादव, उमाशंकर अरगरिया, प्रेम सुवाल लगायतले अहिलेसम्म सरकारको तर्फबाट हावाहुरीबाट प्रभावितको नाममा कुनै सम्बोधन नभएको भन्दै पीडितको तत्काल उद्धार र राहतको घोषणा गर्न सरकारको ध्यानाकर्षण गराए ।

हावाहुरीका कारण तराईका अधिकांश जिल्ला प्रभावित भएका छन् । विशेष समयमा बोल्ने दल बहादुर धानी, देवेन्द्रराज कँडेल लगायत सांसदहरुले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका समयमा सीमा सुरक्षाको प्रत्याभुति, सिमा क्षेत्रमा नेपाली लुटिने क्रम रोक्नुको साथै पुर्ननिर्माणमा दिने भनिएको अनुदान सहायता रकमबारे छलफल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);