मोदीको नागरिक अभिनन्दन प्रति सामाजिक सञ्जालमा चर्को विरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

मोदीको नागरिक अभिनन्दन प्रति सामाजिक सञ्जालमा चर्को विरोध

modi

काठमाडौं, २६ बैशाख । नेपालको राजकीय भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा राज्यस्तरबाटै नागरिक अभिनन्दन गर्न लागिएकोप्रति सामाजिक सञ्जालमा पनि चर्को विरोध भएको छ । मोदी नेपालमा आउनु स्वागतयोग्य भएपनि विगतमा मोदी सरकारले नै नेपालीलाई दुख दिएको यथार्थ भुलेर नागरिक अभिनन्द गर्न लागिएको भन्दै उछित्तो काटिएको हो ।

खासगरी संविधान जारी भएपछि नेपालमा भारतले लगाएको नाकाबन्दीलाई जोडेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गर्न लागिएको विषयमा सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ ।

पराराष्ट्र मन्त्रालयका पूर्वसचिव मधुरमण आचार्यले व्यग्यांत्मक ट्वीट गरेका छन् , जथाभावी हिँड्न पनि नहुने भो, समातेर अभिनन्दन गरिदेलान् भन्ने डर भो’

मधुरमणको ट्वीट

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नाकाबन्दीको भुलबोध गरिँदै छ कि भुलिँदैछ भन्दै मोदीको अभिनन्दन गर्न लागिएकोप्रति असन्तुष्टि जनाएका छन् ।


विश्वप्रकाशको ट्वीट

मोदीलाई काठमाडौँबासीका तर्फबाट काठमाडौँ महानगरपालिकाले पनि छुट्टै अभिनन्दन गर्ने तयारी गरेको छ । यसप्रति रिसीकेशले कटाक्ष गर्दै ट्वीट गरेका छन् ‘मेयर बनेपछि विद्यासुन्दर शाक्यले गर्न लागेको उल्लेखनीय काम मोदीको अभिनन्दन ।’

रिसीकेशको ट्वीट

विवेकशील–साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले ट्वीटरमा नाकाबन्दी गरेकोमा मोदीले माफी माग्नुपर्ने भन्दै यो भ्रमणलाई मोदीले क्षमयाचना गर्ने अवसरका रुपमा लिनुपर्ने ट्वीट गरेका छन् ।

सूर्यराजको ट्वीट

पारस लिङ्देनको ट्वीट छ, ‘दुई नम्बर प्रदेशमा हावाहुरी बेमौसममा चल्यो, मोदीलाई अभिनन्दन गर्नुभन्दा केही समयअघि चल्नुपथ्र्यो ।’

पारसको ट्वीट

फेसबुकमा पवित्रा खतिवडाले लेखेकी छन् , ‘मोदीलाई अभिनन्दन गर्न लागिएको हो कि नाकाबन्दीको चोट भुलेर लम्पसार परिएको हो ?’

नागरिकको ज्यान जानेगरी नाकाबन्दी गर्ने, सीमामा नेपाली जनतामाथि ज्यादती गर्ने, नेपाली मजदुरीलाई अपहेलित गर्ने र नेपालको स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने काममा मोदीले भूमिका खेलेको भन्दै उनलाई नागरिक अभिनन्दन गर्न नहुने उनीहरुको तर्क छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);