मोदीलाई नागरिक अभिनन्दन नगर्न नागरिक समाजका अगुवाहरुको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

मोदीलाई नागरिक अभिनन्दन नगर्न नागरिक समाजका अगुवाहरुको आग्रह

narendra modi

काठमाडौं, २६ वैशाख । नागरिक समाजका अगुवाहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन नगर्न सरकारसँग आग्रह गरेका छन् । बुधबार अपरान्ह काठमाडौंको माईतीघर मण्डलामा प्रर्दशन गर्दै उनीहरुले भारतीय प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

नाकाबन्दी जस्तो मानवीय संकट निम्त्याउने काम गरेका मोदीलाई नेपालमा नागरिक अभिनन्दन गर्न नहुने नागरिक समाजका अगुवाहरुको तर्क छ । नागरिक समाजका अगुवा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले नाकाबन्दीको क्षयायाचना समेत नगरेका भारतीय प्रधानमन्त्री मोदीलाई नेपालमा नागरिक अभिनन्दन गर्न नहुने बताए ।

उनले मोदीलाई हार्दिकतापूर्वक स्वागत मात्र गर्न सरकारलाई सुझाव दिए । नागरिक समाजका अगुवाहरुले नाकाबन्दीबाट पुगेको आर्थिक क्षेति भारतले व्यहोर्नुपर्ने पनि बताएका छन ।

नागरिकको पीडा कायमै रहेको अवस्थामा मोदीलाई नागरिक अभिनन्दन गर्ने कुरा आफूहरुलाई मान्य नहुने उनीहरुको धारणा छ । भारतीय प्रधानमन्त्री मोदीलाई काठमाडौं र जनकपुरमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय गरिएको छ । भारतीय प्रधानमन्त्री मोदी शुक्रबार नेपालको राजकीय भ्रमणका लागि आउँदै छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);