रामेछाप उमाकुण्ड गाउँपालिका–५ का वडाअध्यक्ष मृत फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रामेछाप उमाकुण्ड गाउँपालिका–५ का वडाअध्यक्ष मृत फेला

हत्या वा आत्महत्याबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ –

रामेछाप, २६ वैशाख । रामेछापमा हिजोदेखि सम्पर्कविहीन रहेका एक वडा अध्यक्ष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कुविर खत्री आज बसेरी चिलाउने भन्ने ठाउँमा मृत अवस्थामा भेटिएका हुन् । खत्रीले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।

यसबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । उनी हिजो विहान साढे ८ बजे वैठकमा जाने भन्दै घरबाट निस्किएका थिए । खत्रीको मोटरसाइकल, कोट, जुत्ता र डायरी मंगलबारै फेला परेको थियो ।

तर, शव भने तीनै सामाग्री भेटिएभन्दा पाँच सय मिटर तल आज भेटिएको हो । मृत भेटिएका खत्री नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);