'पूर्व अर्थमन्त्री डा. महतको अर्थनीतिले मुलुकको अर्थतन्त्र ध्वस्त' | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौं, २६ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले पूर्व अर्थमन्त्री डा. रामशरण महतको अर्थनीतिले मुलुकको अर्थतन्त्र ध्वस्त भएको आरोप लगाएका छन् ।

मन्त्री यादवले काँग्रेस नेता समेत रहेका पूर्व अर्थमन्त्री महतलाई वेष्ट अर्थमन्त्रीको उपाधि दिइएकोमा पनि आक्रोस व्यक्त गरे । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राष्ट्रिय सम्पत्तिमाथि लुट मच्चाउने बानी नै बसेको आरोप लगाए ।

मन्त्री यादवले सरकारले सबै खालको सिन्डीकेट अन्त्य गर्न लागि परेको बताए । उनले मुलुकलाई समृद्ध बनाउने राष्ट्रिय संकल्प पूरा गर्न वर्तमान सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे ।

मन्त्री यादवले विराटनगर जुटमिल कारखानाको मेसिन चोरेर बेच्ने काम गरेको पनि स्मरण गरे । मन्त्री यादवले आपूर्तिको क्षेत्रमा देखिएको सिन्डीकेट अन्त्य गर्ने योजना अघि सारेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);