बझाङमा एक पुरुष मृत फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

बझाङमा एक पुरुष मृत फेला

काठमाडौं। साँझको समयमा घरबाट निस्केर गाउँतिर घुम्न गएका एक जना पुरुष बझाङमा मृत फेला परेका छन् । सुर्मा गाउँपालिका वडा नम्बर २ घोगाणा निवासी ४५ वर्षीय विक्रम बोहरा मृत अवस्थामा फेला परेको बताइएको छ। बुधबार साँझ गाउँतिर घुम्न जाने भनेर घरबाट हिँडका बोहरा अबेरसम्म घरमा नपुगेपछि उनका आफन्तले खोजी गरेका थिए । उनीहरूले बिहीबार बिहान घोगणाको मेडिखान भन्ने स्थानमा मृत फेला पारेको प्रहरीको भनाइ छ।

बोहराको शवलाई पोष्टमार्टम गरेर दाहसंस्कारको निम्ति आफन्तले लगेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);