एकै दिन दुई महिला र एक पुरुष मृत फेला | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

एकै दिन दुई महिला र एक पुरुष मृत फेला

death

खोटाङ, १५ फागुन । खोटाङमा एकै दिन दुई महिला र एक पुरुष मृत फेला परेका छन् । रूपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाकी ५० वर्षीय तीर्थकुमारी राई, बराहपोखरी गाउँपालिका–१ बराहपोखरी च्यानडाँडाका ३४ वर्षीय देवीबहादुर राउत र खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी २८ वर्षीय रिना राई सोमबार मृत फेला परेका हुन्।

उनीहरू फरकफरक स्थानमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए । तीर्थकुमारी घरबाट २५ मिटर दक्षिणमा रहेको बडहरेको रुखमा, देवीबहादुर घरनजिकैको जंगलमा चिलाउनेको रुखमा तथा रिना घरकै सुत्ने कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

तीर्थकुमारीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल, देवीबहादुर र रिनाको शव पोस्टर्माटमका लागि उदयपुरको गाईघाट पठाइएको प्रहरीले जनाएको छ । तीनवटै घटनाका विषयमा अनुसन्धान भइरहेको डिएसपी थापाले बताए ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);