विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला 

काठमाडौं। काठमाडौं, डोटी, गोरखा र रुपन्देहीमा चार जना व्यक्ति मृत अवस्थामा भेटिएका छन्।

काठमाडौंको नागार्जुन नगरपालिका–१ रानीवनस्थित मानव सेवा आश्रममा धादिङ कल्लेरी गाउँपालिका–७ घर भएका ६५ वर्षीय नवराज परियार बुधबार मृत अवस्थामा फेला परेका छन् । हाल काठमाडौं महानगरपालिका–२२ हनुमानढोकास्थित सडकमा बस्ने परियारलाई गत शनिबार उद्धार गरी उक्त आश्रममा राखिएकोमा सुतिरहेको अवस्थामा उनको शव फेला परेको हो । डोटीको पुर्वीचौकी गाउँपालिका–३ ठाडा गाउँ बस्ने ६० वर्षीया मनसरी बोहरा सोही गाउँपालिका–६ गण्डिगाड खोलाको किनारमा बुधबार मृत अवस्थामा फेला परेकी छन् । शनिबार घरबाट हराई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो । गोरखाको गोरखा नगरपालिका–८ आहाले गाउँस्थित बाटोको छेउमा सोही ठाउँ बस्ने २४ वर्षीय अनिष आले बुधबार मृत अवस्थामा फेला परेका छन्।

रूपन्देहीको तिलोत्तमा नगरपालिका–१ शिवचोकस्थित सडक किनारामा हाल पहिचान नखुलेका अन्दाजी ६० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);