विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला  | ईमाउण्टेन समाचार

Our Network

मंसिर २३ २०७९, शुक्रबार

विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला 

काठमाडौं। सर्लाही, मोरङ, सोलुखुम्बु र काठमाडौंमा चार जना मृत अवस्थामा फेला परेका छन् । सर्लाहीको बरहथवा नगरपालिका–७ टाडीस्थित सोती खोलाको नहरमा धनकौल गाउँपालका–७ छोटल बैरिया बस्ने १५ वर्षीय शिवजी यादव बुधबार मृत अवस्थामा फेला परेका छन् । उक्त नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । मोरङको रंगेली नगरपालिका–१ जमुवाडिपो बस्ने ७५ वर्षीया कृष्णमाया बस्नेत आफ्नै माछा पोखरीमा बुधबार मृत अवस्थामा फेला परेकी छन् । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ स्थित सोलु खोलामा हाल पहिचान नखुलेकी महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् । काठमाडौंको नागार्जुन नगरपालिका–३ हलचोकस्थित हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Leave a Reply