चार जना मृत फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चार जना मृत फेला

woman dead

काठमाडौं, ८ साउन । रूकुम (पश्चिम) को चौरजहारी नगरपालिका–९ गुरताल गाउँस्थित मकैबारीमा सोही ठाउँका ४५ वर्षीय हरिबहादुर मल्ल बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन्।

साउन ४ गते साँझ सोही नगरपालिका बस्ने दिदीको घरमा खाना खाएपछि आफ्नो घर फर्केकोमा सम्पर्कमा नरहेकाले आफन्तले खोजी गर्ने क्रममा मकै बारीमा टाउको र शरीर छुट्याएको अवस्थामा शव फेला पारेको हो । प्रहरीले उनको हत्या भएको आशंका गरेको छ। त्यसपछि घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

काठमाडौं महानगरपालिका–१५ स्वयम्भू हलचोक बस्ने गोरखाको बुङकोट घर भएका ४४ वर्षीय तिलकबहादुर श्रेष्ठ मृत अवस्थामा फेला परेका छन्। सोही ठाउँमा रहेको नबिल बैंकको एटिएमसँगैको पेटीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

चितवनको भरतपुर महानगरपालिका–६ देवनगरस्थित राष्ट्रिय निकुञ्ज वनभित्र पहिचान नखुलेका अन्दाजी ५२ वर्षीय पुरुष पनि मृत अवस्थामा फेला परेका छन्।

सिन्धुलीको मरिण गाउँपालिका–३ मथौलीस्थित मरिण खोलाको बीचमा ढुङ्गामा पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरुष बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);