नीजि सञ्चार माध्यमका फोटो पत्रकारलाई सभागृह प्रवेशमा रोक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नीजि सञ्चार माध्यमका फोटो पत्रकारलाई सभागृह प्रवेशमा रोक

काठमाडौं, २९ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गरिने नागरिक अभिनन्दनको फोटो खिच्न सभागृह पुगेका नीजि सञ्चारमाध्यमका फोटो पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ ।

भारतीय पत्रकार र नेपालको सरकारी मिडियाका पत्रकारलाई भने भित्र छिराइएको छ । फोटो खिच्न निषेध गरेको भन्दै फोटो पत्रकारले सडकमा क्यामेरा राखेर सांकेतिक विरोध गरेका छन् ।

यसैबीच काठमाडौं महानगरपालिकाले नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन गरेको छ । महानगरका मेयर विद्यासुन्धर शाक्यले भारतीय प्रधानमन्त्री मोदीलाई महानगरको साँचो हस्तान्तरण गरेका छन् ।

यसैगरी महानगरले मोदीलाई ५५ किलोको बुद्धको मूर्ति उपहार दिएको छ । नागरिक अभिनन्दनको कार्यक्रम सकिएको छ । केहीवेरमा मोदी स्वदेश फिर्ता हुँदै छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);