कर्णालीको विकासका लागि सरकार गम्भीर : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कर्णालीको विकासका लागि सरकार गम्भीर : प्रम ओली

काठमाडाैँ २६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विकासका लागि सरकार गम्भीर रहेको बताएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री लगायत सर्वदलीय जनप्रतिनिधीहरुको तर्फबाट आज बालुवटारमा ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री महेन्द्र बहादुर शाही संघीय सांसद जनार्दन शर्मा, प्रदेशका अर्थ मन्त्री प्रकाश ज्वाला लगायतको समुहले प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा भौतिक पूर्वाधार, हवाइ यातायात, सिंचाइ, उर्जा तथा विद्युतिकरण, संचार, बस्ती विकास तथा पर्यटन, खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि लगायतका बिषयमा बजेट बिनियोजन गर्न प्रधानमन्त्रीसँग माग गरिएको छ । प्रधानमन्त्री ओलीले कर्णालीलाई विकासको मुल धारमा ल्याउन यथासक्य बजेट बिनियोजन गर्ने आस्वासन दिएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);