मोदीले चासो नै नराखे पनि मुख्यमन्त्री राउतले नेपालको संविधान अपुरो भन्दै सुनाए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मोदीले चासो नै नराखे पनि मुख्यमन्त्री राउतले नेपालको संविधान अपुरो भन्दै सुनाए

lalu babu rahut

काठमाडौं, २९ बैशाख । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको पछिल्लो अभिव्यक्तिले उनलाई विवादित बनाएको छ । जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चासो नै नराखे पनि मुख्यमन्त्री राउतले नेपालको संविधान अपुरो भन्दै सुनाएपछि उनको चर्को आलोचना भएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन गर्न आयोजित समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधानले आफूहरुलाई विभेद गरेको सुनाए । धार्मीक यात्राका क्रममा नेपाल आएका मोदीले संविधानबारे चासो नै नराखेपनि मुख्यमन्त्री राउतले अधिकार प्राप्तिका लागि संघर्ष जारी रहेको बताए । त्यही संविधानकै जगमा टेकेर मुख्यमन्त्री बनेका राउतले मोदीसमक्ष संविधानले विभेद गरेको भन्दै असन्तुष्टि पोखे ।

सामाजिक सञ्जालमा मुख्यमन्त्री राउतको मन्तव्यलाई लिएर खुब विरोध भइरहेको छ । कतिपयले मोदीसामू समस्या राखेर मुख्यमन्त्री राउत लम्पसार परेको टिप्पणी गरेका छन् । मुख्यमन्त्री राउतले प्रदेश २ का जनता विभेदमा परेको बताउँदै आफूलाई निकै निरीह साबित गरे । यसरी मुख्यमन्त्रीको चित्कार सुनेपनि मोदीले जवाफमा नेपाली जनतालाई बधाइ दिए । एक वर्षमा तीन तहको निर्वाचन सम्पन्न गराएको भन्दै मोदीले सवा करोड भारतीय जनताको तर्फबाट बधाइ र आर्थिक समृद्धिका लागि शुभकामना पनि दिए । बरु मधेसमा अलोकप्रिय भनिएका प्रधानमन्त्री केपी शर्मा ओलीको उनले खुलेर प्रशंसा गरे ।

छिमेकी देशका प्रधानमन्त्रीसामु आफ्नो देशको आन्तरिक मामिला असरल्ल फिजाएकाले राजनीतिक तथा कुटनीतिज्ञले पनि मुख्यमन्त्री राउतको आलोचना भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);