मोदीद्वारा विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

मोदीद्वारा विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता

काठमाडौं, २९ वैशाख । कांग्रेसका नेताहरुले नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । हायात होटलमा पुगेर कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुले मोदीसँग भेटवार्ता गरेका हुन् ।

मोदीलाई भेट्न देउवासँगै कांग्रेस नेता रामचन्द्र पौडेल, विजय कुमार गच्छदार, शशांक कोइराला, सीता देवी यादव, कृष्ण सिटौला, विमिलेन्द्र निधि, रामशरण महत, पूर्णबहादुर खड्का हायात होटल पुगेका थिए ।

भेटमा नेपाल–भारत सम्बन्ध सदृढ बनाउनेबारे छलफल भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले जानकारी दिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने होटल हायतमा मोदीलाई एक्लै भेटेका थिए ।

त्यस्तै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राजपा नेपालका नेताहरुले पनि होटल हायतमा मोदीसँग भेटवार्ता गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);