विवादमा तानिए प्रदेश २ का मुख्यमन्त्री राउत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विवादमा तानिए प्रदेश २ का मुख्यमन्त्री राउत

lalbabu raut

काठमाडौं, ३१ वैशाख । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको यतिबेला चर्को विरोध भइरहेको छ । नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष विना प्रसंग नेपालको संविधान अधुरो र अपुरो भनेपछि राउतको आलोचना भएको हो ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पनि सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदले मुख्यमन्त्री राउतको चर्को आलोचना गरेका छन् ।

गत शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि जनकपुरको रंगभूमि मैदान बाह्रविघामा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले संविधान र सरकार विरोधी अभिव्यक्ति दिएका थिए ।

सोमबारको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद भीम रावलले मुख्यमन्त्री राउतको अभिव्यक्ति अपरिपक्व भएको टिप्पणी गरे । राउतले कुटनीतिक मर्यादासमेत उल्लंघन गरेको सांसदको रावले दाबी छ ।

कांग्रेस सांसद मिनेन्द्र रिजालले प्रदेश २ का मुख्यमन्त्रीको अभिव्यक्तिप्रति केन्द्र सरकार जिम्मेवार रहेको बताए । छिमेकी देशका प्रधानमन्त्रीसामु आफ्नो देशको संविधानविरुद्ध बोल्नु लाजमर्दो विषय भएको र यसको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुपर्ने कांग्रेस सांसद रिजालको भनाइ थियो ।

माओवादी केन्द्रकी सांसद पम्फा भुसालले पनि प्रदेश २ का मुख्यमन्त्री राउतको अभिव्यक्तिप्रति असन्तुष्टि जनाइन् । भुसालले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा ३ सयभन्दा बढी भारतीय सुरक्षाकर्मी परिचालन गरिएकोमा आश्चर्यता प्रकट गरिन् ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतीय सांसदले खुलेआम ‘जनकपुर आफ्नो देशको हुनुपर्छ’ भनेर मुलुकको सार्वभौमिकतामाथि आँच आउने अभिव्यक्ति दिएको भन्दै तत्सम्बन्धमा सरकारको धारणा माग गरे ।

उनले सरकार भारतसँग मागेर विकास गर्ने योजनामा लागेको भन्दै आपत्ती जनाए । धार्मिक भ्रमणमा आएका छिमेकी मुलुकका प्रधानमन्त्रीसँग गुनासोको नाउँमा मुख्यमन्त्रीले आफ्नै  मुलुकलाई होच्याएको भन्दै सामाजिक सञ्जालमा पनि व्यापाक विरोध भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);