मुख्यमन्त्री राउतको अभिव्यक्ति कुटनीतिक मर्यादा विपरित : भीम रावल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

मुख्यमन्त्री राउतको अभिव्यक्ति कुटनीतिक मर्यादा विपरित : भीम रावल

Bhim-rawal

काठमाडौं, ३१ बैशाख । नेकपा एमालेले प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले कुटनीतिक मर्यादाविपरित दिएको अभिव्यक्ति सच्याउन माग गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा विषेश समय लिएर बोल्दै एमाले उपाध्यक्ष भीम रावलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनको क्रममा प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरमा दिएको अभिव्यक्ति कुटनीतिक मर्यादा विपरित भएको भन्दै सच्याउन माग गरेका छन् ।

मुख्यमन्त्री राउतले संविधानले आफूहरुलाई विभेद गरेको अभिव्यक्ति दिएका थिए । कुटनीतिक मर्यादा विपरितको सो अभिव्यक्ति मुलुकलाई कमजोर बनाउने खालको भएको एमालेको ठहर छ ।

उपाध्यक्ष रावलले मोदी भ्रमणका बेला सत्तारुढ भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले दिएको अभिव्यक्ति पनि निन्दनीय भएको भन्दै आपत्ति जनाए । मोदी नेपाल भ्रमणमा आएका बेला भारतीय सांसद आजादले ‘जनकपुर भारतमा फर्काउनु पर्छ’ भनेर ट्वीट गरेका थिए ।

आजादको सो टिप्पणी नेपालको स्वाभिमानविरुद्ध भएको भन्दै उपाध्यक्ष रावलले नेपालको अस्मितमाथि नै प्रश्न उठाउने गरी आएको आजादको भनाई कुनै पनि नेपालीलाई सैह्य नहुने चेतावनी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);