'कृषिको व्यवसायीकरणका लागि विशेष योजना ल्याउन सुभाव' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

‘कृषिको व्यवसायीकरणका लागि विशेष योजना ल्याउन सुभाव’

samsadh office

काठमाडौं, ३१ बैशाख । सांसदहरुले कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि विशेष कार्ययोजना ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबारको राष्ट्रियसभा बैठकमा आर्थिक बर्ष २०७५-७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसदहरुले मुलुकलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्नुपर्नेमा जोड दिएका हुन् ।

बैठकमा नेपाली कांग्रेसकी सरिता प्रसाईंले कृषिमा आधुनिकीकरण नगरेसम्म मुलुकको अर्थतन्त्र आत्मनिर्भर हुन नसक्ने भन्दै कृषिमा सरल कर्जा प्रवाहको व्यवस्था गरिनुपर्ने बताईन ।

त्यस्तै सांसद विन्दादेवी आले रानाले बालबालिका, महिला र अपाङ्गता भएका व्यक्तिलक्षित कार्यक्रम सरकारको प्राथमिकतामा नपरेको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराईन । संघीय समाजवादी फोरम नेपालकी प्रमिला कुमारीले बामगठबन्धका चुनावी घोषणापत्रको रुपमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तोकिएको भन्दै आपत्ति जनाईन।

नेकपा एमालेका खेमराज नेपालीले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा सामाजिक न्याय, समानता तथा समावेशी विकास मुखरित हुन नसकेको टिप्पणी गरे । सिमान्तकृत समुदाय केन्द्रीत विशेष कार्यक्रम आउनुपर्नेमा उनको जोड छ ।

सांसद ठगेन्द्रप्रसाद पुरीले हिमाली क्षेत्रमा पाईने अमुल्य जडिबुटीको प्रयोग गरि मुुलुकको आयआर्जन बढाउने किसिमको व्यवस्था गर्न माग गरे । नेकपा माओवादी केन्द्रका महेशकुमार महराले बजेटलाई अपाङगमैत्री र श्रममैत्री बनाउन आग्रह गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);