राजपाका नेता कर्णले गरे मुख्यमन्त्री राउतको बचाउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

राजपाका नेता कर्णले गरे मुख्यमन्त्री राउतको बचाउ

काठमाडौं, ३१ वैशाख । राष्ट्रिय जनता पार्टी, नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन गर्ने क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति गलत नभएको दावी गरेको छ ।

पार्टीका नेता लक्ष्मण लालकर्णले संविधानमा मधेशबारे विभेद रहेको कुरा सबैले स्विकार गरेको अवस्थामा मुख्यमन्त्री राउतको अभिव्यक्तिमा के गल्ती भयो भन्दै प्रश्न गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले संविधान संशोधन गरेर अघि बढ्ने प्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रतिवद्धता जनाएका बेला संविधान विभेदकारी छ भन्नु आपत्तिजनक नहुने बताए । नेता कर्णले मोदीको नेपाल भ्रमण सफल भएको दाबी गरे ।

नेता कर्णले राज्यको विभेदकारी नीतिका कारण नेपालको तराई, मधेश पछि गरेको भन्दै त्यसलाई माथि उठाउन आफूहरु लागि परेको बताए । भारतीय प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दनका क्रममा प्रदेश २ का मुख्यमन्त्री राउतले संविधानविरुद्ध संघर्ष गर्नु परेको भनि दिएको अभिव्यक्तिको सर्वत्र आलोचना भईरहेको छ ।

तर नेता कर्णको भने संविधानमा विभेद भएको कुरा सबैले स्विकार गरेकाले मुख्यमन्त्री राउतको अभिव्यक्तिमा आपत्ति जनाउन नहुने तर्क छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);