सरकार फजुल खर्चमा अघि बढेको महतको आरोप | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सरकार फजुल खर्चमा अघि बढेको महतको आरोप

काठमाडौं, २१ पुस । कांग्रेस नेता रामशरण महतले पूँजी निर्माण र लगानी वृद्धिमा भन्दा सरकार फजुल खर्चमा अघि बढेको आरोप लगाएका छन् ।

काठमाडाैंमा शनिबार फियन बचत तथा ऋण सहकारी संस्थाको आठौ बार्षिक साधारणसभालाई सम्बोधन गर्दै पुर्व अर्थमन्त्री महतले सरकार मुलुकको समग्र आर्थिक विकासका लागि गम्भीर नबनेको आरोप लगाए ।

उनले सरकार उडन्ते र हावादारी कुरामा हिंडेको आरोप लगाए । सत्तारुढ दलका दुई अध्यक्षले आ आफ्ना निर्वाचन क्षेत्रमा भ्यू टावर निर्माण र शहरी विकास आयोजनाको नाममा ठुलो रकम खर्च गर्नु गलत भएको उनको टिप्पणी छ ।

उनले जनताका आधारभुत आवश्यकता, सडक विस्तार लगायत क्षेत्रलाई सरकारले प्राथमिकता दिन नसकेको आरोप लगाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);