सुठौली भन्सारमा लक्ष्यभन्दा बढी राजस्व संकलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सुठौली भन्सारमा लक्ष्यभन्दा बढी राजस्व संकलन

suthauli bhansar

शम्भु माली
कपिलवस्तु, २१ पुस । कपिलवस्तुको सुठौली भन्सारले आर्थिक बर्षको चार महिना भित्रै लक्ष्यभन्दा धेरै राजस्व असुली गरेको छ । गत असोजमा स्तरोन्नती भएको सुठौंली भन्सारले वार्षिक लक्ष्यको डेढ गुणा राजस्व असुल्न सफल भएको हो ।

गत असोज आठ गते देखि सुठौली भंसार छोटी भंसारबाट स्तरोन्नती भएको थियो । स्तरोन्नतीको चार महिना नपुग्दै सुठौलीले भन्सारले चालु आर्थिक बर्षको असोज देखि पुष १६ गतेसम्म तोकिएको बार्षिक भंसार लक्ष्यको करिब १ सय ३५ प्रतिशत बढी भंसार राजश्व असुल गरेको हो ।

स्तरोन्नतीपछि १५ करोड भंसार राजश्व असुलीको लक्ष्य दिईएका सुठौलीले भंसारले हालसम्म २० करोड १८ लाख ६६ हजार रुपैया भंसार राजश्व असुल गरिसकेका छ ।

दैनिक उपभोग्य सामाग्री र कृषि सामाग्री मात्र आयात हुँदैआएको यस नाकामा स्तरोन्नती पछि सिमेन्टको क्लिङ्कर, डिओसी, फिड सप्लिमेन्ट, लत्ता कपडा र मेसिनरी सामाग्री समेत आयात हुन थालेको छ । नाकामा अहिले भारतीय नम्बर प्लेटका सवारी साधनमा पनि कडाइ गरिएका छन् । त्यसैले भंसारले लक्ष्यमा चार गुणाले बृद्धि गरि ६० करोड पुर्याउने तयारी थालेको छ ।

भंसारको स्तारोन्नतीको निर्णय कार्यान्वयनमा आए पनि जीर्ण पूर्वाधार, कर्मचारीका लागि आवासको समस्या र यार्ड नहँुदा सडकमै मालबाहक सवारी पार्किङ्ग गर्नुपर्ने बाध्यता, कर्मचारीका लागि आवश्यक सवारी साधन नहुदाँ भंसार चुहावट नियन्त्रणका लागि गस्ति गर्न समस्या भइरहेको छ ।

खाद्यबस्तु परिक्षणका लागि क्वारेन्टाईन उपलब्ध नहुनु र दशगजा देखि डेढ किलोमिटरभित्र भंसार भएकाले चोरी पैठारी नियन्त्रणमासमेत समस्या आएको छ । सबै पूर्वाधार विकास हुनसके सुठौंली नाका राजश्वमा महत्वपूर्ण योगदान दिने नाकाकारुपमा विकास हुन सक्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);