तीन महिनामा ३ गुणाबढी राजस्व संकलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

तीन महिनामा ३ गुणाबढी राजस्व संकलन

कपिलवस्तु ,२४ कार्तिक । कपिलवस्तुको दोश्रो ठुलो नाका सुठौली भन्सारमा चालु आर्थिक बर्ष २०७७÷०७८ को तीन महिनामा लक्ष्यका तुलनामा ३ गुणा बढि राजस्व संकलन भएको छ । चालु आर्थिक बर्षको साउन, भदौ र असोज महिना गरी कुल ३६ करोड १ लाख १६ हजार ७१९ रुपैया सकलन भएको हो ।

चालु आर्थिक बर्षको ३ महिनाकालागि १२ करोड ११ लाख १० हजारको लक्ष्य तोकिएको भन्सार प्रमुख तिर्थराज पासवानले बताउनु भयो । कृष्णनगर र रुपन्देहीको बैलहिया नाकाको बिचमा पर्ने भन्सारले अहिले बिस्तारै प्रगति गर्दै गएको उहाले तर्क गर्नु भयो ।

कारोना भाईरसको बेला समेत लक्ष्यको करिब ३ गुणा वढी राजस्व उठनु आफैमा राम्रो संकेत भएको उहाले बताउनु भयो । यो नाकाबाट कृषिजन्य सामाग्रीहरु, टायल्स मार्वल भारतबाट बढी आयात हुने गर्दछ । संकलित राजस्व मध्ये चामल, आलु प्याज लगायतका सामाग्रीबाट धेरै उठेका हो ।

भन्सारका नासु शिव कुमार कुशवा अनुसार आर्थिक बर्ष २०७६÷०७७ मा ४७ करोड ९५ लाख ८ हजार ३५२ रुपैया राजस्व संकलन भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);