'मुलुकभरका सहकारीमा वामपन्थीकै बर्चश्व' | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

‘मुलुकभरका सहकारीमा वामपन्थीकै बर्चश्व’

sahakari_sastha

काठमाडौं, २१ पुस । नेपाली कांग्रेसका नेताहरुले आफुहरुले उठाएको सहकारीको अवधारणामा कम्युनिष्टहरुको बर्चश्व बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । शनिबार राजधानीमा भएका दुई छुट्टा छुटै कार्यक्रममा बोल्दै कांग्रेस नेताहरुले कम्युनिष्ट विचारधारा विपरित रहेको सहकारीमा कम्युनिष्टहरुकै बर्चश्व भएको टिप्पणी गरेका हुन् ।

सहकारी अर्थनीति कम्युनिष्ट विचारधाराको विपरित भएपनि अहिले मुलुकभरका सहकारीमा वामपन्थीकै बर्चश्व रहेको भन्दै सहकारी संस्थामा संलग्नता बढाउनुपर्नेमा जोड दिए । फियन बचत तथा ऋण सहकारी संस्थाको आठौ बार्षिक साधारणसभालाई सम्बोधन गर्दै कांग्रेस नेता पुर्व अर्थमन्त्री डाक्टर रामशरण महतले कांग्रेसले बनाएको सहकारीको आधारको उपयोग कम्युनिष्टहरुले गरिरहेको बताए ।

त्यस्तै शनिबार नै बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११ औ बार्षिक साधारणसभालाई सम्बोधन गरेका पुर्व उपप्रधानमन्त्री एवं कांग्रेस उपसभापति बिमलेन्द्र निधीले पनि सहकारी अर्थनीति सुरु गरेको कांग्रेस नै सहकारी अभियानमा पछि परेको र कम्युनिष्टको बर्चश्व बढेको बताए । वर्तमान सरकारले गाउँगाउँमा सहकारी पुर्याउने नीति लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);