प्रदेश नम्बर १ को अस्थायी राजधानी धनकुटा तोक्न माग गर्दै बालुवाटारमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

प्रदेश नम्बर १ को अस्थायी राजधानी धनकुटा तोक्न माग गर्दै बालुवाटारमा प्रदर्शन

PM-Nibas-Baluwatar

काठमाडौं, ३ माघ । प्रदेश नम्बर १ को अस्थायी राजधानी धनकुटा तोक्न माग राख्दै पूर्वि पहाडी जिल्लाका प्रतिनिधिले आज पनि बालुवाटारमा प्रर्दशन गरेका छन् ।

भोजपुर, संखुवासभा, तेह्रथुम र धनकुटाबाट आएर काठमाडौं बस्दै आएका व्यक्तिहरुले प्रधानमन्त्री निवास बालुवाटार आगडि प्रदर्शन गरेका हुन् । धनकुटालाई प्रदेशको राजधानी नतोकिएसम्म आन्दोलन गर्ने भन्दै उनीहरुले नाराबाजी गरे ।

उता, प्रदेश नम्बर १ को अस्थायी राजधानी धनकुटालाई तोक्न माग गर्दै पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय घेराउ गर्न पुगेका आन्दोलनकारीले कार्यालयमा तालाबन्दी गरेका छन् । कार्यालय घेराउ गर्ने क्रममा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप समेत भएको छ ।

झडपमा परी धनकुटा नगरपालिका वडा नं ६ का जेशिस श्रेष्ठ घाइते भएका छन् । सुरक्षाकर्मीले आन्दोलनकारीलाई गेटमा रोक्न खोजेपछि सामान्य झडप भएको थियो । मुलगेटमा सुरक्षाकर्मीको घेरा तोडेर कार्यालयको परिसर पुगेका आन्दोलनकारीले क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहविरुद्ध नाराबाजी गरेका थिए ।

प्रदेशसभा सांसद निरन राई र ईन्द्रमणी पराजुलीको नेतृत्वमा गएका आन्दोलनकारीले क्षेत्रीय प्रशासन कार्यालयमा तालाबन्दी गरेका हुन् । पर्याप्त भौतिक पूर्वाधार र सरकारी जग्गा रहेको धनकुटालाई अस्थायी प्रादेशीक राजधानी बनाउनुपर्ने माग राख्दै विगत ३३ दिन देखि धनकुटबासी आन्दोलित छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);