धनकुटालाई प्रादेशिक राजधानी बनाउन माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

धनकुटा,४ पुष । धनकुटालाई प्रादेशिक राजधानी बनाउन माग गर्दै काठमाडौंमा दवाव अभियान सुरु गरिएको छ ।

धनकुटा प्रादेशिक राजधानी घोषणा दवाव समूहले मंगलबार काठमाडौंको माईतघर मण्डलामा एक कार्यक्रम आयोजना गरी धनकुटालाई प्रदेश नम्बर १ को राजधानी बनाउन दवाव अभियान सुरु गरेको हो । हिमाल, पहाड र तराईलाई मिलाएर मुलुकलाई समृद्ध बनाउने संविधान र जनताको भावना अनुसार पनि धनकुटालाई प्रदेश नम्बर १ को राजधानी बनाउन उपयुक्त हुने अभियानमा संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक नेता एवम धनकुटाका पूर्व सांसद सुनिलबहादुर थापाले बताए ।

उनले धनकुटालाई प्रादेशिक राजधानी बनाउन पर्याप्त पूर्वाधार रहेको दावी समेत गरेका छन् । अभियानले ५ विकास क्षेत्रका अन्य सदरमुकामहरुलाई राजधानी बनाउने प्रस्ताव आईरहेका बेला धनकुटालाई चाँही नबनाउने कुरा न्यायिक नहुने तर्क समेत गरेको छ ।

 

प्रदेश नम्बर १ को राजधानी विराटनगरलाई बनाउने प्रस्ताव गरिएको छ । तर धनकुटाबासीहरुले भने संविधान अनुसार पनि पहाडी जिल्लालाई पनि प्रादेशिक राजधानी बनाएर हिमाल, पहाड र तराईको संयुक्त प्रयासबाटै मुलुकलाई समृद्ध बनाउने सन्देश दिनुपर्नेमा जोड दिएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);