उखान टुक्का भनेर केही हुनेवाला छैन, बोल्न मात्रै त म पनि सक्छु: मन्त्री थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

धनकुटा, ३० कार्तिक । उद्योगमन्त्री एवम् संयुक्त लोकतान्त्रिक गठबन्धनका धनकुटा क्षेत्र नम्बर १ का प्रतिनिध सभाका संयुक्त उम्मेदवार तथा राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनिलबहादुर थापाले प्रदेश नम्बर १ को राजधानी धनकुटालाई नै बनाउने दाबी गरेका छन् । उनले भने,“धनकुटा सबै कारणले प्रदेश नम्बर १ को राजधानी बन्न योग्य छ, भौगोलिक, जातीय, भाषिक, लैंगिक रुपमा पनि धनकुटा सम्पन्न छ।”

बिहीबार रिपोर्टर्स क्लब नेपालले धनकुटामा आयोजना गरेको चुनावी विशेष साक्षात्कारमा बोल्दै मन्त्री थापाले धनकुटा पूर्वाधार, भौगोलिक सुगमता र पहिलेको क्षेत्रिय कार्यालय भएको हिसाबलेपनि प्रदेश नम्बर एकको राजधानी हुने जिकिर गरेका छन् ।
उनले धनकुटालाई प्रदेशको राजधानी नबनाउनको लागि वाम गठबन्धनका उम्मेद्धवारहरुले यसअघि नै घातक निर्णय गरिसकेकोले अब धनकुटालाई राजधानी लोकतान्त्रिक गठबन्धनले मात्रै बनाउन सक्ने जिकिर गरे ।

उनले भने,“एमाले र माओवादी केन्द्रका साथीहरुले धनकुटालाई राजधानी बनाउन हुँदैन भनेर लागिपरिरहेको हामीले थाहा पाएका छौं, तर म भन्छु, धनकुटालाई नै प्रदेशको राजधानी बनाउँछौं, अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाजीसँग हामी डेलिगेशन जाँदापनि उहाँहरु हुन्छ भन्नुभएको छ, उहाँले त डढेलधुरा हुन्छ भने धनकुटा किन नहुनु भन्नुभएको छ, प्रधानमन्त्रीको कुरा कसरी अविश्वास गर्ने ? त्यसैले हामी त पूर्ण विश्वस्त छौं ।

नेता थापाले एमालेका नेताहरुले झुठको खेती गरिरहेको आरोप लगाउँदै भने,“एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा घरघरमा ग्याँसको पाईप ल्याउने ? पानीजहाज ल्याउँछौं भनेर भन्नुभयो, खोई त ? त्यसैले उखान टुक्का भनेर केही हुनेवाला छैन, बोल्नको लागि त म पनि बोल्न सक्छु नि तर जनताले विश्वास गर्ने कुरा बोल्नुपर्यो नि।”

उनले लोकतान्त्रिक गठबन्धनका उम्मेद्धवारहरुलाई विजयी गराउनको लागि अपिल समेत गरे । थापाले धनकुटेली जनताहरुको मुहार आफूहरुले मात्रै फेर्न सक्ने भन्दै अबको निर्वाचनमा अत्यधिक मत दिएर विजयी गराउन आग्रह गरेका हुन् । उनले भने,“म यहाँका जनताका मुहार फेर्न सक्छु, म यही अठोटका साथी राजनीतिक यात्रामा होमिएको हो, र मैले लिएको अब पूरा हुने दिन आएको छ, जनतालेपनि मलाई विश्वास गरेर विजयी गराउनुपर्छ।”

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);