ओलीलाई देउवाको जवाफ - 'ज्योतिषका अनुसार म ७ पटकसम्म प्रधानमन्त्री हुन्छु' | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

धनगढी, ३० कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि आफू नै फेरी प्रधानमन्त्री बन्ने दाबी गरेका छन्। बिहीबार बिहान कैलालीको धनगढीमा आयोजित पत्रकार भेटघाटमा देउवाले भने, ‘मलाई ज्योतिषीले ७ पटकसम्म प्रधानमन्त्री हुन्छस् भनेको छ, फेरी पनि प्रधानमन्त्री बन्ने मै हुँ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवालाई ‘कांग्रेसको अन्तिम प्रधानमन्त्री’ बताइरहेका बेला देउवाले आफू ७ पटकसम्म प्रधानमन्त्री हुने बताएका हुन्। ‘अन्तिम प्रधानमन्त्री’ भन्ने केपी ओलीको अभिव्यक्तिबारे पत्रकारले सोधेको प्रश्नको जवाफ दिने क्रममा देउवाले भने- ‘कांग्रेसले आगामी चुनावमा बहुमत ल्याउँछ र फेरि पनि प्रधानमन्त्री मै हुन्छु।’

कांग्रेस सभापति देउवा हाल चौथोपटक प्रधानमन्त्रीको कुर्सीमा छन्। सुदूरपश्चिमबाट प्रधानमन्त्री हुने व्यक्ति अहिले आफूबाहेक कोही नभएको दाबीसमेत देउवाले गरे। डडेलधुरामा आफूले चुनाव जित्ने पक्कापक्की भएको भन्दै देउवाले सुदुर पश्चिममा पनि कांग्रेसको राम्रो नतिजा आउने र पार्टीले बहुमत ल्याएर आफ्नो नेतृत्वमा सरकार बनाउने दाबी गरे।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);