अरुले जिते सांसद, मैले जिते फेरि प्रधानमन्त्रीः देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

डडेल्धुरा, ३० कार्तिक। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको प्रगती र उन्नतीका लागि आगामी निर्वाचनमा कांग्रेसलार्इ जिताउन मतदाताहरुलार्इ आग्रह गरेका छन्।

गृहनगर डडेल्धुरामा आयोजित चुनावी सभामा बोल्दै देउवाले डडेल्धुराको विकास कांग्रेस नेतृत्वमा भएको अझै विकासका लागि कांग्रेसलाई नै जिताउनुपर्ने बताए। उनले डडेल्धुराका जनता प्रति सधैँ इमान्दार भएर लागेको र आगामी दिनहरुमा समेत प्रतिबद्ध भएर लाग्ने समेत विश्वास दिलाएका छन्।

डडेल्धुरा देउवाको निर्वाचन क्षेत्र हो।

प्रधानमन्त्री देउवाले चुनावी अभियानका क्रममा अन्य वामपन्थी दलहरुले विभिन्न प्रलोभन देखाएपनि नफस्न समेत आग्रह गरेका छन्। उनले अरुले चुनाव जिते सांसद मात्र बन्ने तर आफूले जिते फेरी प्रधानमन्त्री बन्ने र जनताका हक अधिकार सुनिश्चित हुने समेत दाबी गरे।

बामगठबन्धनप्रति कटाक्ष गर्दै प्रधानमन्त्री देउवाले विश्वमा कम्यूनिष्ट शासन पतन भर्इरहेका बेला नेपालमा भने अधिनायकवादको प्रयास भर्इरहेको आरोप लगाए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);