निर्वाचन सुरक्षा 'थ्रेट': शृंखलाबद्ध बम आक्रमण कहाँ, कहिले, कसमाथि ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

राधा रोकाहा
काठमाण्डौँ, ३० कार्तिक । नेपालका लागि ऐतिहासिक रुपमा हेरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो अमूल्य मत दिन आतुर रहेका जनतामा लगातार बढ्दै गएको बम प्रहारले केही नैराश्यता छाएको छ ।

विगत एक सातादेखि पार्टीका उम्मेदवार र मन्त्रीलाई नै लक्षित गरी बम प्रहार हुन थालेपछि आगामी मंसिर १० र २१ मा हुने निर्वाचन कति सुरक्षित भन्ने प्रश्न उठ्नु स्वभाविक पनि हो ।

गत कार्तिक २४ –  रुकुमबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका पूर्वगृहमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्मामाथि बम प्रहार
कार्तिक २५ –     गते रोल्पाबाट प्रतिनिधिसभा उम्मेदवार रहेका पूर्वअर्थमन्त्री तथा माओवादी केन्द्रका नेता वर्षमान पुनमाथि बम प्रहार
कार्तिक २६ – गते वर्षमान पुनमाथि दोस्रो आक्रमण
कार्तिक २८ – गते भोजपुरका प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा पूर्वसञ्चारमन्त्री, एमाले नेता शेरधन राईमाथि बम प्रहार
कार्तिक २८ – गते संखुवासभामा बाम गठबन्धनका उम्मेदवार राजेन्द्र गौतम र पूर्णप्रसाद राईलाई लक्षित गरी बम प्रहार
कार्तिक ३० – सिंचाई राज्य मन्त्री एवम् कांग्रेस उम्मेदवार अमरसिंह पुनलाई लक्षित गरी रोल्पाको सुवर्णवती गाउँपालिका–१, घोडागाउँमा बम प्रहार

कार्तिक ३० – माओेवादी केन्द्रका नेता एवम् गोरखा क्षेत्र नं। २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणकाजी श्रेष्ठ लक्षित गरी बम विष्फोट

बम प्रहारका घटनामा निर्वाचनको विरोध गरिरहेको नेत्र विक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सहभागिता रहेको बताईपनि बम प्रहारका सबै घटनाको दोषी आफूहरु नभएको पार्टीका राप्ती व्यूरो इन्चार्ज केशबहादुर बाँठाले बताएका छन् । उनले आफूहरुको नाममा अन्य तेस्रो पक्षले फाइदा उठाईरहेको दाबी गरेका छन् ।

उम्मेदवारहरुमाथि शृंखलाबद्ध बम हमलाबाट अप्रिय घटना नभए पनि सरकार उम्मेदवारको सुरक्षामै गम्भीर नभएको कारण मतदानमा सहभागी हुने जनताले खतरामुक्त छौँ भन्ने विश्वास महसुश गर्न पाएका छैनन् । उता निर्वाचन आयोगले भने निष्पक्ष र भयरहित वातावरण बनाउन सरकारलाई आग्रह गर्दै आएको छ ।

माअ‍ोवादी केन्द्रका मन्त्रीहरुलाई विना विभागीय बनाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्रालय पनि आफैँले सम्हाल्दै आएका छन् । चुनावी प्रचारमा प्रधानमन्त्री व्यस्त भएको कारण सुरक्षा व्यवस्था तर्फ ध्यान दिन नसकेको भन्ने आरोप पनि लाग्ने गरेको छ । तर प्रधानमन्त्री देउवाले भने मातहतका सबै सुरक्षा निकायलाई सुरक्षा व्यवस्थामा ध्यान दिन निर्देशन दिएको र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने दाबी गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);