पूर्वमन्त्री शेरधन राई चढेको गाडिमा बम प्रहार, अंगरक्षक घाइते | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८३, बिहीबार

भोजपुर, २८ कार्तिक । भोजपुर क्षेत्र २ का बाम गठबन्धनका एमाले उम्मेदवार शेरधन राईमाथि विपल्ब कार्यकर्ताले बम प्रहार गरेका छन्। बम प्रहारबाट राईका अंगरक्षक घाइते भएका छन् ।

ट्याम्केमैयु गाउँपालिका वडा ७ को गुम्बा भन्ने ठाउँमा १४/१५ जनाको समहूले गाडीमाथि बम हानेको प्रत्यक्षदर्शीले बताएका छन्।

बम प्रहारबाट ल्यान्ड रोभर गाडी पूर्णरुपमा ध्वस्त भएको छ। यद्यपी उम्मेदवार राई भने सकुशल छन्। अहिले सो क्षेत्रमा प्रहरी परिचालन गरिएको छ। प्रहरीले जवाफी फायरिङ समेत गरेको छ ।

ताजा समाचार