भोजपुरमा गएराति टाइम बम विस्फोट, एमाले नेता गम्भीर घाईते | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

फाईल तस्विर

भोजपुर, ३ मंसिर । चुनाव नजिकिएसँगै दिनप्रतिदिन बम आक्रमणका घटना आईरहेका बेला फेरी गएराति भोजपुरको षडानन्द नगरपालिका–१३ भीरथाप्लामा टाइम बम विस्फोट भएको छ। शनिबार दिउँसो अज्ञात समुहले राखेको टाइम बम हटाउने क्रममा दोहोरो भिडन्त समेत भएको थियो। भिडन्तका क्रममा तीन घाइते भएका छन्। एक जनाको अवस्था गम्भिर छ भने दुई जना प्रहरी जवानको अवस्था सामान्य रहेको छ।

गम्भिर घाइते ट्याम्के मैयुङ गाउँपालिका–७ कोटका विक्रम राईलाई थप उपचारका लागि धरान लगिएको छ। भोजपुर अस्पतालमा उपचार हुन नसकेपछि राईलाई शनिबार रातिनै धरान रिफर गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

घाइते राई एमाले गाउँ कमिटि कोटका सचिव हुन् भने युवा संघ भोजपुरका सचिवालय सदस्य समेत हुन्। बमको छर्राले उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ। त्यस्तै प्रहरी सहायक निरीक्षक उमेश मेहेता र प्रहरी जवान देवनारायण चौधरी पनि घाइते भएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);